
तस्विर फाइल
काठमाडौं, असोज १३ । असोज ५ देखि सञ्चालनमा आएको आन्तरिक उडानमा यात्रुको चाप अत्यधिक हवाई कम्पनीले उडान संख्या थप्ने तयारी गरेका छन् ।
कोभिडका कारण लामो समयसम्म बन्द रहेका हवाई उडान सेवामा यात्रुको चाप देखिएको छ ।
आन्तरिक उडान सञ्चालन गरिरहेका ठुला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत उडान अकुपेन्सीउत्साह जनक रहेको कम्पनीले जनाएको छन् ।
यसैबीच चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान संख्या बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष उडान अनुमतिका लागि निवेदन दिएका छन् ।
प्राधिकरणले पनि हवाई व्यवसायीको मागबमोजिम उडान संख्या बढाउने जनाएको छ ।
नेपालीका ठुला चाडपर्व नजिकिदै जादा यात्रुको संख्यामा पनि बृद्धि हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्