२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


उपत्यकामा अनुगमन टोली थप गरी बजार अनुगमन गर्दै आएको विभागले दाबी


0
Shares

काठमाडौं, असोज १३ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले आगामी १५ गतेबाट संचालन हुने सहुलियत पसललाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

स्वच्छ र व्यवस्थीत बजार निर्माण गर्न व्यवसायिक संगठनका प्रतिनिधि समेत सहभागी भएको मंगलवारको बैठकमा कोभिडको प्रोटोकल पालना गर्दै बजार व्यवस्थीत गर्न निर्देशन दिनु भएको उद्योग वाणिज्य वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जनकारी दिनुभयो ।

यसैबीच चाडवाड नजिकिदै गएपछि बजारमा हुने अनियमितता नियन्त्रण गर्ने उद्देश्यले मंगलबाट देशभरका बजार निरिक्षण अधिकृतलाई अनुशिक्षण कार्यक्रम शुरु गरेको छ ।

मुलुकभरका बजारमा एकरुपता ल्याउने प्रयास स्वरुप यो कार्यको थालनी गरेको विभागले जनाएको छ ।

आजबाट प विषेश गरी ठुला चाडवाड नजिकिदै गएपछि बजारमा हुने अनियमिता उपभोक्त ठगिने क्रम पनि बढ्ने हुनाले उपत्यकामा पनि अनुगमन टोली थप गरेर अनुगमन गर्दै आएको विभागले दाबी गर्दै आएको छ तर तर बजारमा हुने कालोबजारी, मुल्य बृद्धि नियन्त्रणमा सरकार चुक्दै गएको छ ।