२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


गोरखामा माछामाथि अपराध, राजेन्द्र श्रेष्ठको पोखरीमा विष हालेर मारियो साढे ६ सय माछा


0
Shares

gorkha fish posioning

गोरखा, असोज १३ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङ गाउँका किसान राजेन्द्र श्रेष्ठले पोखरीमा पालेका माछामा विष हालेर मारिएको छ ।

पोखरीमा कसैले विष हालिदिएका कारण माछा मरेको हुन सक्ने भन्दै श्रेष्ठले प्रहरीसमक्ष उजुरी नै पनि दिनुभएको छ ।

सोमबार बिहान मरेका माछाको भेटेरिनरीका कर्मचारीले पोस्टमार्टम गर्दा विषका कारण मरेको देखिएको हो । पोष्टमार्टममा माछाको ‘लिभर ड्यामेज’ देखिएको छ ।

आउँदो दशैंमा बेच्न ठिक्क पारिएका माछा उहाँले गत जेठमा दुई वटा पोखरीमा हाल्नुभएको थियो ।
बूढीगण्डकी पशुपन्छी फार्म सञ्चालन गर्दै आउनुभएका श्रेष्ठ आफै भने कोरोना संक्रमित भएर आइसोलेसनमा हुनुहुन्छ ।

परिवार पनि क्वारेन्टिनमा रहेको र पोखरीको रेखदेख गर्न नपाउँदा कसैले विष हालिदिएको भन्दै खोजी गरी कार्वाही गर्न श्रेष्ठले वडा कार्यालय र प्रहरी चौकी घ्याल्चोकलाई आग्रह गर्नुभएको छ ।

तीन बर्षदेखि व्यवसायिक रुपमा व्यवसायिक कृषिमा लाग्नुभएका श्रेष्ठले गत जेठ १२ गते चितवनबाट माउर माछाको ६ सय भुरा ल्याएर पोखरीमा हाल्नुभएको थियो ।

माछा पालनका लागि श्रेष्ठले ६ लाख खर्चिएको बताउनुभएको छ । कुनै आपराधिक समूहका कारण उहाँको लगानी र सपना चकनाचूर भएको छ ।

२८ रोपनी जग्गा भाडामा लिएर श्रेष्ठले आँप, लिची, एभोगाडो, केरालगायतका खेती पनि गर्दै आउनुभएको छ ।