१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यो हो विश्वकै सबैभन्दा पुरानो होटल, १३ सय वर्षदेखि सञ्चालनमा, ५२ औं पुस्ताले चलाउँदै


0
Shares

oldest hotel in the world japan Nishiyama Onsen Keiunkan

काठमाडौं, असोज १४ । संसारमा आश्चर्यलाग्दा विषयहरु अनेक छन् । यसै मध्येको एउटा अनौठो खबर छ, होटलसँग जोडिएको, जुन संसारकै सबैभन्दा पुरानो हो ।

तपाईं सोच्नु होला यो कति वर्ष पुरानो होला ? एक सय वर्ष, दुई वर्ष वा पाँच सय वर्ष ! होइन तपाईंको सोच गलत हुने छ । यो होटलले एक हजारभन्दा बढी वर्ष आयु कटाइसकेको छ ।

धेरैलाई लाग्न सक्छ, यस्तो ऐतिहासिक स्मारकहरु त युरोपका कुनै शहरमा होला । पेरिस, रोम जस्ता प्राचीन शहरहरुमा रहेको होला ।

तर त्यो अनुमान गलत हुनेछ, एक हजार ३१५ वर्ष अगाडि बनेको होटल, रहेको छ जापानमा । ७०५ एडीमा बनेको यो होटललाई अहिले संस्थापकको ५२ औं पुस्ताले चलाइरहेका छन् ।

‘निशियामा ओनसेन कियुनकन’ नामको यस होटल फुजिवारा महितो नामका व्यक्तिले शुरुमा सञ्चालन गरेका हुन् ।

यो रिसोर्ट माउन्ट फुजीभन्दा धेरै टाढा छैन । संसारमै सबैभन्दा लामो समयदेखि निरन्तर सञ्चालनमा रहेको पुरानो होटल भन्दै यसलाई गिनिज वर्ल्ड बुकले दर्ता गरेको छ ।

सयौं वर्ष पुरानो भए पनि पछिल्ला वर्षमा भने यस होटललाई आधुनिकीकरण गर्दै विकास गरिएको छ ।

यसको मुख्य आकर्षण अर्थात् निकै आनन्ददायक न्यानो झरना र भव्य दृश्यलाई मानिन्छ ।

होटलको बीच भागबाट झर्ने यस तातो पानीमा उपचारकै लागि भनेर आउनेहरुमा निकै ठूला राजनेताहरु पनि रहेको बताइएको छ ।