१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं उपत्यकामा ९०२ सहित १५५९ जना कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, असोज १४ । पछिल्लो २४ घण्टा १५५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यससहित नेपालमा कोरोनाबाट संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा १० हजार ८७ जनाको पीसीआर परिक्षण गरिएको छ ।

बुधबार १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

हालसम्म देशभर संक्रिय संक्रमितको संख्या २० हजार ८९१ जना छ ।

५ हजार ४ सय २८ जना क्वारेन्टिनमा छन्।

काठमाडौं उपत्यकामा थप ९०२ जना संक्रमित थपिएका छन ।

यी मध्ये काठमाडौं जिल्लामा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.14 #COVID-19

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.14

Posted by Ministry of Health and Population-Nepal on Wednesday, 30 September 2020