२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ललितपुरका गल्ली-गल्लीमा नगरप्रहरी


13
Shares

ललितपुर, असोज १४ । ललितपुर महानगरपालिकाका नगर प्रहरीलेसाइकल गस्ती सुरु गरेका छन् ।

साइकल गस्तीको बुधबारदेखि औपचारिक रुपमा शुरुवात गरिएको हो ।

साइकल लिएर महानगरको गल्ली, टोल र चोकमा पुगेका नगरप्रहरीले महानगरभित्रको फुटपाथ अतिक्रमणलाई रोक्न सुरु गरेका छन् ।

बिग्रेको सडक, फुटेको ढलको बारेमा रिपोर्टिङ गर्छन् ।

त्यसैगरी सहरको सरसफाईलाई समेत उनीहरुले प्राथमिकतामा राखेका छन् ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जनतालाई सेवा दिन महानगरपालिकाले साइकल गस्तीको अवधारणा अघि सारेको बताइन् ।

ललितपुरलाई साइकल सहर बनाउने योजना अन्तर्गत साइकललाई प्राथमिकता दिएको उनको भनाई थियो ।

ललितपुर महानगरको नगरप्रहरीप्रमुख सीताराम हाछेथुले महानगरभित्रको गल्ती, टोल टोलमा छिटै र सजिलो होस् भनेर साइकल मार्फत गस्ती सुरु गरेको बताए ।

उनले साइकल गस्तीमा मद्दतले नगरवासीलाई सहजिलो हुने बताए ।

हाल महानगरले नगरप्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ ।

साइकल चढेका १० नगरप्रहरी एकैसाथ महानगरको भित्री क्षेत्र, चक्रपथ महानगरबाहिरको वडाहरुमा समेत पुग्ने छन् ।

साइकल गस्तीको टोलीसँग भिडियो खिच्ने र फोटो खिच्ने क्यामेरा समेत हुन्छ ।