
काठमाडौं, असार २० । आख्यानकार गगनसिंह थापाको पाँचौं कृति उज्ज्वलीको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार डा. ध्रुबचन्द्र गौतम लगायतका साहित्यकारहरुले कृति विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार गौतमले लेखक थापाको यो कृति जातीय विभेदविरुद्धको उपन्यासमात्र नभएर जातीय विभेदविरुद्धको अभियानप्रतिको ऐक्यवद्धतासमेत भएको बताए । युगौंदेखि नेपाली समाजमा विद्यमान जातीय विभेदले सुदूरपश्चिम क्षेत्रमा कसरी जरा गाडेको छ भन्ने कुरालाई प्रस्तुत उपन्यासले छर्लङ्ग पारेको उनले बताए।
कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, महेशविक्रम शाह र निलम कार्की ‘निहारिका’ ले पुस्तक माथि टिप्पणी गरेका थिए । उनीहरुले राजनीतिबाट साहित्यिक क्षेत्रमा आएर पनि आख्यानकार थापाले नेपाली साहित्यमा ठूलो गुन लगाएको बताए ।
कार्यक्रममा आख्यानकार थापाले निकट भविश्यमै अर्को कृति पाठकसामु लिएर आउने जानकारी गराए ।
यसअघि थापाका सोह्र सौगात (संयुक्त लेखनमा कथा संग्रह) र कर्णालीको छेउछाउ, मेरो मधुशाला, पू्र्खाको चिट्ठी जस्ता उपन्यास प्रकाशित भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्