७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सोलुखुम्बुका डेढ सय किसानलाई कृषि उपकरण


0
Shares

सोलुखुम्बु, असोज १४ । सोलुखुम्बुका करिब डेढ सय किसानले कृषि यन्त्र उपकरण प्राप्त गरेका छन् ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बु मार्फत जिल्लाभरीका १ सय ५२ जना किसानलाई कृषि उपकरण प्रदान गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

किसानहरुलाई ७५ प्रतिशत अनुदानमा १६ हजार रुपैया देखि १ लाख १० हजार रु.पैयासम्मका उपकरण वितरण गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुलप्रसाद राईले जानकारी दिनुभयो ।

केन्द्रले थ्रेसर, ब्रस कटर,मकैै छोडाउने मेशिन र हाते ट्रयाक्टर वितरण गरेको छ ।