
काठमाडौं, असोज १४ । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाहीको सिफारिस गरेको छ ।
कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यका भित्रका विभिन्न पसल सञ्चालकलाई कारवाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो ।
महानगरपालिकाले उपत्यका विभिन्न स्थनमा गरेको अनुगमनमा फलफुल व्यापारी, किराना पसल लगायताका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा महानगरले १ सय २९ मध्य २६ वटा उपोभोक्तालाई ठग्नेलाई कसुरको आधारमा कारवाही गर्न सम्बन्धित निकायमा लेखि पठाएको उपमेयर हरिप्रभा खड्कीले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा म्याद गुजएिको सामान बेच्ने ११ वटा पसलबाट करीब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि खड्गीले बताउनुभयो ।
यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएको समेत उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा व्यपारीले ४६ रुपैयाँमा खरिद् गरेको प्याज कृत्रिम अभाव सृजना गरी १ सय ३० रुपैयाँ सम्ममा विक्रिवितरण गरेको पाइएको थियो ।
प्याजमा कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए ।
बरामद १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमाफत प्रति केजी ६० रुपयाँको दरले प्रति व्यक्ति ३ किलोसम्म खरिद् गर्न पाउने गरीे विक्रि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्