
सप्तरी, असोज १४ । यस वर्ष नियमित वर्षासँगै सप्तरी जिल्लामा लगाएको धान बालीमा रोग र किराको प्रकोप देखिएको छ ।
धानबालीमा गबारो, ब्लाष्ट, केजवर्म, पातमरुवा लगायतका रोग तथा किराको प्रकोप देखिएको हो ।
शुरुमा धान राम्ररी सप्रिए पनि भदौदेखि विभिन्न रोगको प्रकोप देखिएको किसानहरुको भनाइ छ ।
जिल्लामा कुल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेकोमा यस वर्ष ६२ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानबाली लगाईएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्