
रौतहट, असोज १५ । रौतहटको गुजरा नगरपालीका–२ कटानीकी एक महिलाको प्रहरी हिरासतमा मृत्यु भएको छ ।
महिलाको थुनुवा कक्ष नभएपछि प्रहरीले गरुडास्थित महिला बालबालिका सेवा केन्द्रको हिरासतमा राखेको थियो ।
खाना खाएर निदाएकी ती महिला बिहीबार बिहान मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
अनैतिक सम्बन्ध राखेका अबस्थामा उनी र एक जना पुरुष दुवैलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको विजय महराको मृत्यु प्रकरण शेलाउन नपाउदै पुन प्रहरी हिरासतमा महिलाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्