२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुखुम्बुमा दुईवटा विमानस्थल वर्षौंदेखि प्रयोगबिहीन


0
Shares

सोलुखुम्बु, असोज १५ । सोलुखुम्बुमा दुई वटा विमानस्थल वर्षौंदेखि प्रयोग बिहीन छन् ।

जिल्लाको तल्लो क्षेत्रको घना बस्तीलाई लक्षित गरी बनाइएको काँगेलडाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब सात वर्षदेखि गौचरणका रुपमा प्रयोग हुँदै आएको छ ।

नेचासल्यान, थुलुङदूधकोशी, महाकुलुङ, सोताङ गाउँपालिका तथा खोटाङका केही भागका जनताको सहजताका लागि कागेलडाडाँमा करोडौँको लगानीमा विमानस्थल निर्माण गरिएको थियो ।

अहिले विमानस्थल रेखदेखका लागि नागरिक उड्डययन प्राधिकरणले एकजना सुरक्षाकर्मी राखेको छ ।

त्यस्तै, सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्रमा पर्ने नेपालकै अग्लो स्थानको स्याङबोचे विमानस्थलमा पनि विगत १२ वर्षदेखि हवाई उडान बन्द छ ।

करिब ६० वर्ष पहिले नै निर्माण भई सञ्चालनमा आएको उक्त विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अवतरण हुन सकेको छैन ।

स्याङबोचे विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्न सके लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा हुने उडानको चाप समेत घट्ने पर्यटन व्यवसायीहरुको भनाइ छ ।