
काठमाडौं, असोज १५ । पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७९ हजार ७२८ पुगेको छ ।
बिहीबार थप ९६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
यो सहित नेपालमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ८१७, ललितपुर ६९ र भक्तपुरमा ५८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्