
पाँचथर, असोज १५ । पाँचथरमा विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षण गराउने भन्दै ५ वटा विद्यालयमा आईसिटी प्रयोगशाला स्थापना गरी कक्षा सञ्चालन गर्न लागिएको छ ।
प्रदेश १ सरकारको लगानीमा ती विद्यालयमा आईसिटी प्रयोगशाला स्थापना गरी कक्षा संचालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाई पाँचथरले जनाएको छ ।
अहिले प्रदेश सरकारले नुमना माविको रुपमा विकशित हुँदै गरेको फिदिम माविलाई १६ लाख रुपैया र बाँकी अन्य विद्यालयहरुलाई ६ लाख ५० हजार रुपैया रकम उपलब्ध गराई कम्प्यूटरमा इन्टरनेट जडान गरी आईसिटी प्रयोगशाला स्थापना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्