
काठमाडौं असोज १५ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँके खजुरा गाउँपालिकाका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको हो ।
भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो ।
उनलाई प्लाज्मा थेरापी र रेमडेसिभरको समेत प्रयोग गरे पनि बिहीबार एक्कासी थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो ।
भेन्टिलेटरमै उपचाररत भएकै समयमा बिहीबार दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिनुभयो ।
मृतक कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटा हुन् ।
प्रतिक्रिया दिनुहोस्