
काठमाडौं, असोज १५ । केही समय यता लगातार घटेको शेयर बजारमा बिहीबार दोहोरो अंकले सुधारिएको छ ।
यसदिन २० अंकले बजार बढ्दा परिसुचक १५ सय ७१ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेर ३ सय १० बिन्दुमा रोकिएको छ ।
यस दिन जलविद्युत र म्युचुअल फण्ड समुह बाहेक अन्य सबै समूह सकारात्मक रहे ।
बिहीबार ३ सय ३२ अंकले निर्जिवन बिमा कम्पनी उकालो लाग्दा जिबन बिमा पनि १ सय ५७ अंकले सकारात्मक रह्यो ।
कारोबार रकमको आधारमा बैंक अफ काठमाण्डू अग्रस्थानमा रहेको छ ।
बिहीबार नै लाभांश घोषणाका कारण यो दिन बैंकको कारोबारमा उछाल आएको छ ।
बिहीबार १ सय ९३ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता सेयर २ अर्ब ८० करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्