१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिन्छौंः प्राधिकरण


0
Shares

ground handling service

काठमाडौं, असोज १५ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने जनाएको छ ।

सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिकरणले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी गरेको हो ।

बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफै गर्ने गरेका थाइ एयर र एयर इण्डियाको अनुमति फिर्ता लिने बताउनुभयो ।

अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरुसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरी अनुमति फिर्ता दिइने उहाँले बताउनुभयो ।

पोखरेलले भन्नुभयो, ‘‘अब थाइ एयर र एयर इण्डियाले ग्राउण्ड ह्याण्डलिङको मौका दिने पक्षमा हामी छैनौ । अहिले कोभिडको बेला छ उहाँहरु उहाँ हुनुहुन्न आएपछि छलफल गरेर तपाईहरुले सेल्फ ग्राउण्डिङ गर्न पाउनुहुन्न । तपाईको क्राइटेरिया मिट गर्दैन भन्छौ । अब हाम्रो ग्राउण्ड ह्याण्डिलिङ सेवा दिने प्रदायक नेपाल सेवा निगम मात्रै हो । यो कुरामा भ्रममा नपर्नुहोस ।’’

उहाँले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि बताउनुभयो ।

हिमालय एयरलाइन्सलई नियमानुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने भन्दै उहाँले बचाउ गर्नुभयो ।