१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा सचिवालय बैठक शनिबार डाकियो, नियुक्तिमा नेताका असन्तुष्टी


0
Shares

काठमाडौं, असोज १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार (भोलि) का लागि बोलाइएको छ ।

पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा भएको भेटवार्ता पछि सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक राखी लिएका राजदूतसहितका विभिन्न नियुक्तिमा नेकपाभित्र फेरि तीब्र असन्तोष देखिएको छ ।

आजको बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीसमक्ष यसबारेमा पनि छलफल गरेको जनाइएको छ । अध्यक्षद्वयबीचको छलफलले भोलि ४ बजे सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।

पछिल्लोपल्ट मुख्यसचिवसहित राजदूत नियुक्तिमा ओलीले एकलौटी गरेको भन्दै दाहाल पक्षले असन्तुष्टि जनाइरहेको छ ।

बिहीबार मात्र सरकारले परराष्ट्रसचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो ।

यसैगरी युवराज खतिवडालाई अमेरिकाको लागि तथा लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदुत सिफारिस गरिएको थियो ।

यी निर्णयहरुमा पार्टीसँग छलफल नभएको भन्दै नेकपामा फेरी किचलो सुरु भएको छ ।