१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिक जोगाउनु सरकारको पहिलो दायित्व : बाँस्कोटा


0
Shares

काभ्रेपलाञ्चोक, असोज १६ । पूर्वमन्त्री नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व भएको बताउनुभएको बताउनुभएको छ ।

उहाँले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा सरकारले वर्तमान परिस्थितिमिा आफ्ना नागरिक जोगाउनु पहिलो प्राथमिकता भएको बताउनुभएको हो ।

“महामारीमा सरकारले पहिला नागरिक जोगाउनुपर्छ, त्यसपछि विकासको कामलाई निरन्तरता दिइन्छ, तै पनि विकास त निरन्तर छ नै, विकास नागरिकलाई चाहिने हो, नागरिक नै नरहे विकास के का लागि रु” बाँस्कोटाले प्रश्न गर्नुभयो ।
बाँस्कोटाले पाँच वर्षमै ‘धुरन्धर’ विकास हुने हो भने निर्वाचन तथा तीन तहका सरकार र जनाप्रतिधि आवश्यक नपर्ने बताउँदै विकास नयाँनयाँ प्रविधिसहित निरन्तर भइरहने विषय भएको बताउनुभयो ।

“अहिले हामी विकासका कामसँगै जनताको स्वास्थ्य–सुरक्षामा विशेष ध्यान दिइरहेका छौँ, सरकारले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य–सुरक्षा दिनेछ, नागरिक पनि आफैँ सचेत बन्नुपर्छ”, उहाँले दोहोर्‍याउनुभयो ।

बाँस्कोटाले पर्यटनको विकासका लागि बनेपामा आन्तरिक विमानस्थलको काम अघि बढिरहेको बताउनुभयो ।

उहाँले नेकपामा उचित व्यक्तिलाई उचित स्थान दिँदै पार्टी निर्माण प्रक्रिया भावना र मर्मअनुसार चलिरहेको दाबी गर्नुभयो ।

“सरकारका आलोचकलाई हाल सञ्चालन भइरहेका र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले गतिलो जवाफ दिइरहेको छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा उहाँले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई सदस्यता प्रदान गर्नुभयो ।

कार्यक्रममा सांसद गङ्गाबहादुर दोङ, संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र चन्द्र लामा, नेकपाका नेता बालकृष्ण कर्माचार्यलगायतले कोरोना महामारीले हाल विकासलाई केहीपछि परेकोमा दुःख व्यक्त गर्दै पार्टी सुदृढीकरण र एकतालाई सार्थकता दिन महाधिवेशनअगावै स्थानीय कमिटीसम्म नेतृत्व दिलाउन आग्रह गर्नुभएको थियो । रासस