
बुटवल, असोज १६ । यसैबीच प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ ।
प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् ।
प्रदेश सरकारलेको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
प्रस्ताव पेश हुनासाथ नेविसंघले बुटवलमा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार स्कारपियोसहित तीन वटा गाडी तोडफोड गरेको छ ।
बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन् ।
नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेबिसंघले आन्दोलन सुरु गरेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्