२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोलुखुम्बु र सर्लाहीमा विद्यालय खुल्दै


0
Shares

सर्लाही र सोलुखुम्बु, असोज १६ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका सर्लाहीका केही स्कुलहरु खुल्न थालेका छन् ।

शैक्षिक सत्र प्रभावित हुन नदिन पालिकाहरुको निर्णय र शिक्षा मन्त्रालयको निर्देशिका अनुसार पढाइ सुरु गरिएको विद्यालयहरुले जनाएका छन् ।

शिक्षा मन्त्रालयबाट जारी भएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम पढाइ सुरु गरिएको हो ।

स्कुलहरुमा सबै विद्यार्थीलाई एकैचोटी नबोलाई एक दुई दिनको फरक राखेर पालैपालो कक्षा सञ्चालन गर्न थालिएको छ ।

कोरोना कहरका कारण बन्द रहेका सोलुखुम्बुका विद्यालयमा धमाधम पठनपाठन सुरु हुन थालेको छ ।

कतिपय पालिकाको आग्रह तथा विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।

जिल्लाको एक नगरपालिकासहित आठवटै पालिकाका आधिकांश विद्यालयहरु वैकल्पिक विधिबाट सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय इकाईका सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिकास्तरमै सल्लाह गरेर कक्षा सञ्चालन गरिएको हो ।