
काठमाडौं, असोज १६ । उद्योगी व्यवसायीले लकडाउन नलब्याउन सरकार समक्ष आग्रह गरेका छन् ।
राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) को नेतृत्वमा गएको व्यवसायिक संस्थाका प्रतिनिधिसँगले शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर अब फेरी लकडाउन भए व्यवसायमा ठुलो धक्का लाग्ने भन्दै लकडाउन नगर्न आग्रह गरेका हो ।
व्यवसायीले स्वास्थ्य मन्त्री समक्ष लकडाउनको विकल्प खोज्न आग्रह गरेका छन् ।
व्यवसायीसँगको भेटमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित २५ हजार नाघेमा स्वास्थ्य समस्या आउने भएपनि लकडाउन नगर्ने बताउनुभयो ।
एनबिआईसँगै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, चेम्बरका उपाध्यक्ष दीपक मल्होत्रा, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल(रेवान)का अध्यक्ष अरनिको राजभण्डारी लगायतले लकडाउन भन्दा अरु नै मोडालिटि अपनाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्