२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


केरुङबाट सामान ढुवानी नहुँदा महाबौद्धका व्यापारीहरु मारमा


0
Shares

काठमाडौं, असोज १७ । कोरोना (कोभिड-१९) संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएपछि महाबौद्धका थोक व्यापारीहरु मारमा परेका छन् ।

दशैं नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा यहाँका व्यापारीहरु चिन्तित बनेका हुन् ।

संक्रमण न्यूनीकरणका लागि जारी भएको लक डाउनका कारण उपत्यकाका खुद्रा व्यापारी समेत विस्थापित भएपछि थोक विक्रेताहरुको व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ ।

खुद्रा व्यपारी पनि नआएको र बाहिरबाट पनि नियमित रुपमा बस सञ्चालन नहुँदा व्यवस्या सञ्चालनमा समस्या देखिएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

गत वर्षको मंसिरमा काठमाडौं आइपुग्नुपर्ने सामान अहिलेसम्म केरुङ नाकामै रोकिँदा व्यवसायीहरुमा थप चिन्ता छाएको छ ।

बैंकको ऋण किस्ता र व्याज तिर्न सक्ने अवस्था समेत नरहेको उनीहरुको भनाइ छ ।

अहिले स्थानीय व्यापारमा ८० प्रतिशतसम्म कटौती भएको र उपत्यका बाहिरको व्यापारमा ६० प्रतिशत कमि आएको महाबौद्धका व्यापारी बताछन् ।

दशैं लगाडी केरुङ नाकाबाट सामान आउन सक्ने अवस्था नभएकाले पुरानो स्टक भएसम्म व्यवसाय सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।

व्यवसायीहरुका अनुसार गत पुसमा परेको हिउँ र त्यसपछि कोभिड महामारीलाई देखाएर तिब्बतको भन्सारले सामान क्लियर नगर्दा यस्तो अवस्था आएको हो ।

बीच बाटोमै रोकिएका एक हजारभन्दा बढी कन्टेनरमा लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पललगायत अर्बौं रूपैयाँका सामान छन् ।