
काठमाडौं, असोज १६ । करको दर र अन्तशुल्क घटाउने सरकारको निर्णयलाई व्यवसायीहरुले स्वागत गरेका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले करको दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित भएका छन् ।
सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ ।
खासगरी विद्युतिय सवारीसाधनमा सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत अन्तशुल्क बढाउने निर्णय गरेको थियो ।
तर बिहीबार अन्तशुल्क घटाउने निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरुले सरकारको निर्णय स्वागत योग्य भएको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतिय सवारीसाधनमा अन्तशुल्क घटाउनु स्वागत योग्य रहेको भन्दै सवारीसाधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्तशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढने बताउनुभयो ।
त्यस्तै कर घटाउँदा कम मूल्यमा वस्तु विक्री गर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढने भएकाले राजस्वमा स्वतः वृद्धि हुने श्रेष्ठले बताउनुभयो ।
व्यवसायीहरुले आयातित वस्तुको अन्तशुल्क घटाउनु सकारात्मक भएपनि भन्सार प्रक्रियामा सुधारको आवस्यकता रहेको बताएका छन् ।
खासगरी भ्याट फिर्ता लगायतका विषयमा अझैपनि प्रक्रिया नमिल्दा लागत बढ््न गई उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीहरुको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्