१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसीलाई छाती दुख्ने र सास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा


0
Shares

काठमाडौं, असोज १८ । २१ दिन देखी अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि केसीलाई अक्सिजन सपोर्टमा राखिएको छ ।

लामो समयदेखी अनशनरत डा. केसीलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखिएको हो ।

उहाँलाई छाती दुख्ने र सास फेर्न गाह्रो भएपछि आज अक्सिजन सपोर्टमा राखिएको डा. तोसिमा कार्कीले जानकारी दिनुभयो ।

मेडिकल टिमका अनुसार यो अवस्थामा रहेका बिरामीलाई आईसियुमा लैजानु पर्ने हो तर उहाँले जान नमानिरहनुभएको डा. कार्कीले बताउनुभयो ।

डा. केसीले अन्य औषधी पनि लिन नमान्नुभएको पनि उहाँले बताउनुभयो ।

शारिरीक कमजोरीका कारण डा. केसी हिजोबाट बोल्न सकिरहनुभएको छैन ।

डा. केसीको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएपछि आजबाट सर्वसाधारणलाई भेट्न नदिइएको जनाइएको छ ।

डा. केसी चिकित्सा शिक्षामा सुधार लगायतका विभिन्न माग राख्दै भदौ २९ गतेबाट आमरण अनशनमा हुनुहुन्छ ।

जुम्लाबाट अनसन शुरु गरेका केसीलाई स्वास्थ्य अवस्था बिग्रेपछि काठमाडौं ल्याईएको हो ।

अनसनको २१ दिन बितिसक्दा समेत सरकारले अहिलेसम्म वार्ताको पहल समेत गरेको छैन ।