
मकवानपुर, असोज १८ । मकवानपुरको भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १ बालकसहित ५ जना घाइते भएका छन् ।
हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली यातायातको सुमो दुर्घटनामा परेको हो ।
घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्