
पर्वत, भदौ १८ । पर्वतमा बन्यजन्तुको आक्रमणबाट क्षति व्यहोरेका पीडित व्यक्तिलाई राहत वितरण गरिएको छ ।
डिभिजन वन कार्यालय पर्वतले राहतको माग गर्दै आएका निवेदनहरुको आधारमा २५ जना पीडितहरुलाई रकम वितरण गरेको हो ।
आइतबार एक कार्यक्रमको गरी उक्त रकम पिडितहरुलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री विकास लम्सालले बन्यजन्तुलाई बनमा नै रहने बातावरण सिर्जना गर्नु सवैको दायित्व भएको बताउनुभयो ।
उहाँले बन्यजन्तु बनमा बस्ने उपयुक्त वातावरण नभएकै कारण समुदायमा छिर्ने र हिंस्रक बनेर आक्रमण गर्ने गरेको बताउनुभयो ।
पिडितहरुलाई ४ लाख ५५ हजार रुपैँया क्षतिपूर्ति स्वरुप वितरण गरिएको थियो ।
पछिल्लो ६ महिना यता चितुवाले कुश्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा आक्रमण गर्दा थुप्रै पशुचौपाया मरेका छन् भने मानिसहरु समेत घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्