७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पछिल्लो २४ घण्टामा ५ दिने शिशुसहित ७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा १५९९ सहित २२५३ जनामा कोरोना संक्रमण


0
Shares

corona patient discharge on 10 days in ktm

पछिल्लो २४ घण्टामा ५ दिने शिशुसहित ७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा १५९९ सहित २२५३ जनामा कोरोना संक्रमण
काठमाडौं, असोज १८ । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो ।

योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८६ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

योसहित नेपालमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिले संक्रीय संक्रमितको संखया २२ हजार २१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्य काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनाका संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ दिनको बालिकासहित ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये ४ जना पुरुष र ३ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरमा पाँच दिने बालिकाको पनि ज्यान गएको छ ।

यसैगरी बाँकेमा दुई जना तथा चितवन, काठमाडौं, ललितपुर र कञ्चनपुरमा एक एक जनाको मृत्यु भएको छ ।

यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नुहोस्