२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना संक्रमणमा नेपालको भयावह तस्वीरः चीनलाई पनि पछि पारेर लाग्यो उकालो


13
Shares

corona pcr test costly

काठमाडौं, असोज १८ । नेपालमा कोरोना भाइरस संक्रमणको भयावह तस्वीर देखिन थालेको छ ।

अवस्था यस्तो आएको छ कि नेपालले कोभिड–१९ शुरुवात भएको मुलुक चीनलाई पनि उछिनेर उकालो लागेको छ ।

चीनको वुहानबाट संसारभर फैलिएको यस महामारीको दूष्प्रभाव झण्डै डेढ अर्बको जनसंख्या भएको विशाल चीनभन्दा तीन करोड पनि जनसंख्या नभएको नेपालमा संक्रमित बढी हुन पुगेको तथ्यांकले देखाएको छ ।

नेपालमा आजसम्मको तथ्यांकमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८६ हजार ८२३ छ जबकी विशाल चीनमा यो संख्या ८४ हजार ४५० मा सीमित छ ।

राजधानी काठमाडौं सबैभन्दा नराम्ररी प्रभावित भइरहेको छ । दैनिक संक्रमितको संख्या बढ्ने र संक्रमितलाई संक्रमण नभएकासँग अलग राख्नेसम्मको व्यवस्थापन पनि सरकारले गर्न सकेको छैन ।

कन्ट्याक्ट ट्रेसिङ हुनै छाडेको छ भने आइसोलेसन सेन्टरमा संक्रमितलाई राख्न छाडिएको छ ।

संक्रमितलाई घरमै बस्न छुट दिँदा पालना कडाईका साथ भएको छैन । जसले अवस्था जटिल बनेको छ ।

सामुदायिक स्तरमा बेलगाम फैलँदो कोरोना, अत्यन्तै कमजोर र फितलो व्यवस्थापन, अपुग स्वास्थ्य संरचना र स्वास्थ्य सामग्री, छाडा नागरिक शैली जस्ता कारणले नेपालमा कोरोनाको आकार उकालो लागेको हो ।