१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चाँडै चुनावी अभियानमा फर्कने बाचा


0
Shares

काठमाडौं, असोज १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ ।

अस्पताल आउने दिन आफुले केही असजिलो महशुस गरे पनि अहिले कुनै अफ्ठेरो नभएको अस्पतालबाटै सार्वजनिक एक भिडियो सन्देशमार्फत उहाँले जनाउनु भएको छ ।

अबका केही दिनहरु बास्तविक परीक्षाको घडी भएको राष्ट्रपति ट्रम्पको भनाइ छ ।

उहाँले आफु अब चाँडै नै फर्केर आउन भन्दै जुन रुपमा चुनावी अभियान सुरु गरिएको थियो त्यही रुपमा पुनः अभियान सुरु गर्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पको स्वास्थ्यलाई लिएर शनिबार जारी गरिएका विभिन्न विरोधाभाषी वक्तव्यले केही अन्यौल उत्पन्न गराएको थियो ।

उहाँका चिकित्सक डा. सीन कोन्लीको पछिल्लो बयानमा राष्ट्रपति ट्रम्प सम्पूर्ण रुपले सुरक्षित नभए पनि पर्याप्त प्रगति भएको उल्लेख छ ।

आफुहरु निकै सतर्कताका साथ आशावादी रहेको भन्दै डा. कोन्लीले राष्ट्रपतिलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारे अहिले नै केही भन्न नसकिने जनाउनु भएको छ ।

यसैबीच ट्रम्पका समर्थकहरुले उहाँ उपचाररत अस्पताल तथा देशका विभिन्न स्थानमा भेला भएर स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

क्यालिफोर्नियामा उहाँको समर्थनमा कार ¥याली निकालिएको थियो ।

फ्लोरिडामा त समर्थकहरूले डुङ्गा र्‍याली नै निकालेका छन् । (एजेन्सी)