६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एनसेलको कुरै कुरामा उपहार योजना


0
Shares

काठमाडौं, असोज १८ । एनसेलले चाडपर्व लक्षित गरि कुरै कुरामा उपहार योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यति नै धेरै उपहार जित्ने मौका पाउन एनसेलले जनाएको छ ।

कम्पनीको यो योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउने छन् ।

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट १ सय जना ग्राहकलाई उपहारअन्तर्गत २ सय बोनस ब्यालेन्स प्राप्त गर्न सक्ने छन् ।

यो योजना असोज १८ देखि लागु भई मंसिर १३ सम्म कायम रहने कम्पनीले जनाएको छ ।