
सिन्धुपाल्चोक, असोज १८ । ढेड महिनादेखि बन्द रहेको चीनसँगको मुख्य व्यापारीक तातोपानी नाका सुचालु भएको छ ।
नाका सुचालु भएसंगै आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु नेपाल भित्रिएको छ ।
चिनियाँ पक्षले मितेरी पुलमा सामान अनलोड गरेर फर्किसकेको छ ।
नेपालको तर्फबाट २९ जना कामदार र ११ वटा कन्टेनर सामान लिन मितेरी पुल पुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिनुभयो ।
सामान तातोपानी सुख्खा बन्दरगाहमा राखी भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौं ल्याउने तयारी गरिएको छ ।
कोरोनाको कारण देखाउदै चिनियाँ पक्षले असार १५ गतेदेखि नाका बन्द गरेको थियो ।
गत असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्