
काठमाडौं, असोज १८ । यसैबीच नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ताका लागि ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ ।
‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’ संघका महासचिव बद्री रिजालले विज्ञप्तिमार्फत चेतावनी दिनुभएको छ ।
डा. केसीको जीवन रक्षाका निम्ति हुन सक्ने विरोधका कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथाशीघ्र बार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्नुपर्ने संघले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्