१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड, सुरक्षाको गाडीमा पनि ढुंगा प्रहार


0
Shares

shankhar pokhrel province capital dispute

बुटवल, असोज १८ । प्रदेश राजधानी सारिएकामा आक्रोशित भीडले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड गरेको छ ।

पोखरेलको सुरक्षाका लागि प्रयोग गरिएको गाडीमा पनि ढुंगा प्रहार गरिएको छ । प्रहरीले हवाई फायरसमेत गरेको छ ।

काठमाडौंबाट कडा सुरक्षाकाबीच बुटवल फर्किनु भएका पोखरेल सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका हुन् ।

बुटवलको मिलनचोक नजिक आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्रीको स्कर्टिङमा रहेको प्रहरीका दुई गाडीमा क्षति पुगेको छ ।

प्रहरीको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ । मुख्यमन्त्रीको गाडीमा ढुंगा लागेर क्षति पुगेको छ ।

आन्दोलन चर्किएपछि नेताहरुसँग कुरा मिलाउन शनिबार काठमाडौं जानु भएका मुख्यमन्त्री पोखरेल आइतवार गौतमबुद्ध विमानस्थल भैरहवाबाट बुटवल फर्किदै हुनुहुन्थ्यो ।

ढुंगा प्रहारपछि प्रहरीले बुटवलको मिलनचोकबाट केही आन्दोलनकारीलाई प्रक्राउ गरेको छ ।

प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश संसदमा लगेपछि बुटवलवासी आक्रोशित भएका हुन् ।