
काठमाडौं, असोज १९ । पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८९ हजार २६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परिक्षण गर्दा २४४० जनालाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ११३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
यो सहित डिस्चार्ज हुनेको जम्मा संख्या ६५ हजार २०२ पुगेको छ ।
देशभर २३ हजार ५७ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३१ जनामा कोरोना संक्र्रमण पुष्टि भएको छ ।
जसमध्य काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिए ।
एकैदिन थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
एकैदिनमा १९ जना कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सम्मको उच्च हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्