१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मकैको उचित मूल्य कुर्दा कुर्दै घुन र पुतली लाग्यो


0
Shares

सर्लाही, असोज १९ । मकैले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् ।

गतबर्ष तिन हजारदेखि ३२ सय प्रतिकुन्टल बिक्री भएको मकैले यस बर्ष २ हजार पनि पाउन सकेको छैन ।

मकैले मूल्य नपाएपछि घरमै राखेको मकैमा घुन र पुतली लाग्न थालेको छ ।

यो बर्ष मकैबाट किसानको लगानि समेत नउठ्ने देखिएको छ ।

गतवर्ष मकैमा फौजी किराको प्रकोपबाट बचाएको मकैले मूल्य नपाउँदा किसान निरास देखिएका छन् ।