३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रेस काउन्सिलद्धारा पत्रकारलाई ९ देखि ३० हजारसम्म आर्थिक सहयोग


0
Shares

काठमाडौं, असोज १९ । प्रेस काउन्सिल नेपालले आर्थिक अवस्था कमजोर भएका पत्रकार तथा सञ्चारकर्मीलाई औषधि उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

काउन्सिल अन्तर्गतको पत्रकार कल्याण कोष उपसमितिको सोमबारको बैठकले पत्रकार तथा सञ्चारकर्मीको आवेदनको आधारमा विभिन्न सञ्चार माध्यममा आवद्ध १३ पत्रकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले औषधि उपचार सुविधावापतको रकम घनश्याम आचार्य, महेशप्रसाद अवस्थी, किरणमान बज्राचार्य, वनराशी बर्मा, शमीला विश्वकर्मा, हरिबहादुर लम्जेल, अजयसन्तोषी राई, धुब्र बिसी र दिपेन्द्र शर्मालाई सहयोग गर्ने निर्णय गरेको हो ।

त्यसैगरी प्रतीक्षा शर्मा, जीवनकुमार पराजुली, लालप्रभात चलाउने र अम्रेन्द्रकुमार यादवलाई सहयोग प्रदान गर्ने निर्णय गरिएको छ ।

उपसमिति सदस्यहरु राजेश मिश्र, डा. लोचन कार्की र झविन्द्र भुसाल सहितको बैठकले बिरामीको प्रकृति हेरेर ९ हजार देखि ३० हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । रासस