
सप्तरी, असोज १९ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
पीडित परिवारको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध आजै उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्यादसमेत थप गरेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएका बेला शनिबार साँझ बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित सरदारलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार पीडितको स्वास्थ्य परीक्षण भएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्