२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कार दुबै होइनः कांग्रेस प्रवक्ता शर्मा


0
Shares

congress question to primeminister on constitutional council

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसले प्रदेश नम्बर ५ मा आफ्ना सांसदहरुले देखाएको व्यवहार उचित नभएको टिप्पणी गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ को प्रदेश सभामा आफ्नो दलका सांसदले गरेको व्यवहार गलत भएको बताउनुभएको हो ।

घटना सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रवक्ता शर्माले उक्त व्यवहार गलत भएको भन्दै आलोचना गर्नुभएको हो ।

ट्विटरमार्फत प्रवक्ता शर्माले कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत भएको पनि उल्लेख गर्नुभएको छ ।

रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नास्छौँ भन्ने कम्युनिष्ट पार्टीलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता नरहेको भन्दै शर्माले सचेत गराउनुभएको छ ।

प्रवक्ता शर्माले गल्ती छोप्ने नभइ सच्याएर अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।


सोमबार प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका तीन सांसदले कुर्सी र टेबल तोडफोड गर्ने, माइक भाँच्ने लगायतका गतिविधि गरेका थिए ।

सोही सभामा आन्तरिक मामिला मन्त्री कुलबहादुर केसीले भने विरोधी सांसदहरुलाई घिसारेर निकाल्ने मर्यादापालकहरुलाई आदेश दिनुभएको थियो ।

दाङको भालुवाङलाई राजधानी बनाउने प्रस्तावको विपक्षमा रहेका प्रदेश ५ का कांग्रेस सांसदहरुले संसदमा तोडफोड गरेका हुन् ।