२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


डा. केसीको जीवनरक्षा गर्न सरकारलाई पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको आग्रह


0
Shares

Dr kc hunger strike health detorating khanal nepal appeal

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै २३ दिनदेखि आमरण अनशनरत डा. केसीसँग तत्काल वार्ता थाल्न उहाँहरुले सरकारलाई आग्रह गर्नुभएको हो ।

दुबै नेताले सञ्चारमाध्यमहरुसँग डा. केसीको जीवन रक्षा सरकारको पहिलो कर्तव्य भएकाले बिना ढिलाई तत्काल कदम चाल्न आग्रह गर्नुभएको हो ।

नेता खनालले केसीको जीवनप्रति सरकार संवेदनशील हुनुपर्ने भन्दै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्न चाँडो कदम चाल्नुपर्ने बताउनुभएको हो ।

नेता नेपालले पनि डा. केसीको ज्यान बचाउनु पहिलो प्राथमिकता भएकाले संवाद थाल्न ढिलाई नगर्न आग्रह गर्नुभएको हो ।

१९ औं अनशनमा रहनुभएका डा. केसीको अनशनको २३ औं दिन भइसकेको छ । र उहाँको स्वास्थ्य अवस्था असाध्य गम्भीर बनेको चिकित्सकहरुले जनाएका छन् ।