२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देश लठबज्र भइरहँदा नेकपा प्रवक्तालाई अमेरिकी नीतिको चिन्ता, भने–लोकतन्त्रको खिल्ली उडायो


0
Shares

politics kp oli

काठमाडौं, असोज २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी नीतिप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याएको नीतिप्रति उहाँले आपत्ति जनाउनु भएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठले अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको तर्क गर्नुभएको छ ।

आफ्नो ट्वीटमा श्रेष्ठले भन्नुभएको छ, यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ । यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र !’

अमेरिकाले हालै आफ्नो नागरिकता नीतिमा परिवर्तन गर्दै कम्युनिष्ट पार्टी वा सर्वसत्तावादी निरंकुश दलको सदस्यता लिएका आप्रवासीलाई नागरिकता र स्थायी आवासीय प्रमाणपत्र नदिने प्रष्ट गरेको थियो ।

अमेरिकाको राष्ट्रिय सुरक्षालाई ख्याल गरी यस्तो नीति लागु गर्न लागिएको अमेरिकी यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जनाएको थियो ।

जसअनुसार कुनै पनि कम्युनिष्ट पार्टी वा निरंकुश पार्टीसँग आबद्ध व्यक्तिले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन सक्ने छैन ।

यता आफ्नै दलले चलाइरहेको देश लठबज्र भइरहँदा नेकपा प्रवक्ताले अमेरिकी नीतिमा लिएको चासोप्रति सामाजिक सञ्जालमा भने आलोचना भइरहेको छ ।