
इलाम, असोज २० । इलामको सूर्योदय नगरपालिकाले केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन नसकेको टोलमा सौर्यबत्ती जडान गरिदिएको छ ।
सूर्योदय नगरपालिका १३ खानेभन्जाड गेवाटारका ११ घरमा नगरपालिकाले सौर्यबत्ती जडान गरिदिएको हो ।
स्थानीयको लगानी बिना नै नगरपालिकाले आज घरमै गएर सौर्यबत्ती जडान गरिदिएको हो ।
सौर्यबत्ती जडान भएपछि बस्ती झिलिमिली भएको छ ।
नगरप्रमुख रणबहादुर राईले उज्याले इलाम कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गरिएको जानकारी दिनुभयो ।
विकट स्थान भएकाले त्यस ठाउँमा केन्द्रीय प्रशारणको विद्युत विस्तार हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्