
काठमाडौं, असोज २० । मंगलबार सुनको मुल्य तोलामा ८ सय रुपैंयाले बढेको छ ।
सोमबार ९४ हजार १ सयमा कारोबार भएको सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मुल्य ४ सयले घटेर ९४ हजार १ सयमा कारोबार भएको थियो ।
मंगलबार तोलामा एकैपटक ८ सयले बढेको हो ।
यस्तै सोमबार चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।
सोमबार ११ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मुल्य मंगलबार १२ सय प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतीबेला सुन प्रतिऔन्स १९ सय १५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्