१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ९० हजार नाघ्यो


0
Shares

काठमाडौं, असोज २० । नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ जना पुगेको पुगेको छ ।

२४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११०४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २३४० जनाकोरोनामुक्त भइ डिस्चार्ज भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६७५४२ रहेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये ५ जना पुरुष र ४ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।