
मकवानपुर, असोज २० । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी भैसैंबाट गएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्र्तगतको त्रिभुवन राजपथमा चेकजाँच गर्दा लागु औषध बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले प्युठानको मल्लरानी गाउँपालिकाका सतिश मगर र कालीकोट घोचायबाडा गाउँपालिकाका बज्र रोकायालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्