२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भिसा र बसोबास सम्बन्धी नीतिमा परिवर्तन गरिएको छैनः अमेरिकी दूतावास


0
Shares

us embassy press release on citizen policy

काठमाडौं, असोज २० । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी नीतिमा फेरबदल नगरिएको दाबी गरेको छ ।

दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको भन्दै दूतावासले भिसासम्बन्धमा आएका केही समाचार गलत अर्थ दिने खालको भएको जनाएको हो ।

यो नीतिले नेपालका कम्युनिष्ट पार्टीका सदस्यहरुको आप्रवासनमा आफ्सेआफ रोक लगाउने भन्ने होइन भनेको छ ।

दूतावासले कम्युनिष्ट पार्टीका सदस्य र निरंकुश सत्ताका सदस्यहरुको अमेरिका भ्रमण र अमेरिकामा बसोबाससम्बन्धी पुरानो नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।

दूतावासले भनेको छ, ‘हामी के स्पष्ट पार्न चाहन्छौं भने नीतिहरू वा दशकौं पुरानो कम्युनिष्ट पार्टी या निरंकुश राज्यहरूबाट अमेरिकामा आप्रवासन हुने प्रावधानहरूमा कुनै पनि परिवर्तन गरिएको छैन । त्यसैगरी यसले नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरूको अमेरिका आप्रवासनमा आफसेआफ रोक लगाउने भन्ने होइन किनभने अमेरिकी भिसासम्बन्धी निर्णय हरेक भिसा आवेदकहरूको आवेदनका आधारमा गरिन्छ ।’

उता गत शुक्रबार मात्र यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले नागरिकता र ग्रीनकार्डसम्बन्धि नीति अध्यावधिक गरिएको भन्दै सूचना जारी गरेको थियो ।

अमेरिकी नागरिक तथा आप्रवासन सेवाले हालसालै जारी गरेको प्रशासनिक निर्देशिका अमेरिकामै रहेका आप्रवासीहरूको आवेदनमा काम गरिरहेका अधिकृतहरूको लागि भएको पनि दूतावासले जनाएको छ ।

कानूनमा धेरै अपवाद र छूटको व्यवस्था गरिएको भन्दै दूतावासले अन्य तवरले योग्य पार्टी सदस्यहरूलाई अमेरिका आप्रवासनको अनुमति दिन्छ भनिएको छ ।

‘यस कानूनले आस्थायी रूपमा वा गैरआप्रवासन प्रयोजनको लागि अमेरिका भ्रमणन गर्न चाहनु हुने व्यक्तिहरूलाई कुनै असर गर्दैन । विचार या पृष्ठभूमिमा विविधता भएका आवेदकहरूलाई हामी सधैं स्वागत गर्दछौं । हामी नेपालको बहुदलीय लोकतन्त्रको सम्मान गर्दछौं तथा ७३ बर्षदेखि झैं निरन्तर रूपमा नेपालको निर्वाचित सरकार र यहाँका जनतासँग गर्दै आएझैं लोकतन्त्रको थप सुदृढिकरणका लागि काम गरिररहने प्रतिवद्धता पनि दोहोर्‍याउन चाहन्छौं,’ दूतावासले भनेको छ ।

अमेरिकी भिसाका सम्बन्धमा पछिल्ला दिनमा प्रकासित केही भ्रामक सूचनाहरूका सम्बन्धमा दूतावासको ध्यानाकर्षण भएको छ। हामी के…

Posted by U.S. Embassy, Nepal on Tuesday, October 6, 2020

अमेरिकी दूतावासले नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरुलाई अमेरिका बसाइसराइमा कुनै प्रतिबन्ध नलगाएको र कुनै पनि भिसाको विषय व्यक्तिगत भएको पनि उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै नीतिमा अद्यावधिक गरिएको उक्त सूचनामा उल्लेख थियो ।