१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जबरजस्ती करणी घटना मिलापत्र गराउने ६ जना पक्राउ


0
Shares

बझाङ, असोज २० । जबरजस्ती करणीलाई गाउँमै मिलापत्र गराउने ६ जनालाई जिल्ला प्रहरी कार्यलय बझाङले नियन्त्रणमा लिएको छ ।

जबरजस्ती करणी गर्न खोजेको घटनालाई गाउँमा मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका २ का गल्फे बोहरा, लाल बहादुर बोहरा, धनचडी बोहरा, थमकला दमाई, पिरु दमाईं र वडा नं. ३ का झलक दमाईं लाई पक्राउ गरेको हो ।

तीन महिना अघि मष्टा गाउँपालिका –२ की १३ वर्षीय एक बालिकालाई गाउँ नजिकै रहेको घट्ट गएका वेला स्थानीय २० वर्षीय राजेन्द्र बोहराले जबर्जस्ती करणी गरेका थिए ।

उक्त घटना ६ जनाले गाँउमै बसेर कागज बनाई मिलापत्र गरेका थिए ।

घटना ढाक छोप गरेको आरोपमा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

बोहराबाट पाँच सय रुपैयाँ तिराई माफी मगाएर घटना लुकाएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरि कारबाही अगाडि बढाएको हो ।

घटना घटेको डेढ महिना नबित्दै राजेन्द्र बोहराले १२ वर्षीय सम्झना कामीको गाँउ नजीकैको मन्दीरमा बलात्कार गरि हत्या गरेपछि उक्त बलात्कारको घटना पनि मिलापत्र भएको सार्वजनिक भएको थियो ।