
एजेन्सी, असोज २१ । अमेरिकाले सीपयुक्त कामदार भित्र्याउन प्रयोग गर्दै आएको एच–१ बी भिसाको प्रक्रियामा कडाइ गर्ने भएको छ ।
भिसाको दुरुपयोग भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कडाइ गर्ने जनाएको हो । एच–१ बी भिसा अमेरिकी प्रविधि कम्पनीहरुले सीपयुक्त कामदार लैजान प्रयोग गर्ने गरेका छन् ।
यास्तो भिसामा अमेरिकी कम्पनीहरुमा काम गर्न जानेमा भारतीय र चिनियाँहरु बढी रहेको जनाइएको छ । भिसाको दुरुपयोग भएको तथा अमेरिकी कामदारलाई मर्का परेको भन्दै ट्रम्प प्रशासनले कडाइ गर्न लागेको हो ।
यो भिसामार्फत् वर्षेनी करिब ८५ हजार विदेशी अमेरिका पुग्ने गरेको तथ्यांक छ । एच–१ बी भिसा लिएका झण्डै पाँच लाख मानिस अमेरिकामा रहेको जनाइएको छ ।
यस भिसामा अमेरिका पुग्नेमा दुई तिहाइभन्दा बढी भारतीय र १० प्रतिशत चिनियाँ रहेका त्यहाँको श्रम कार्यालयले जनाएको छ ।
सस्तोमा विदेशी कामदार भित्र्याउन अमेरिकी कम्पनीले यो भिसाको प्रयोग गर्ने गरेका हुन् । यस भिसामा रहेका कामदारको न्यूनतम ज्याला पनि बढाउने बताइएको छ ।
विदेशी कामदार ल्याउनुअघि त्यस्ता कम्पनीहरुले अमेरिकीहरुकै लागि रोजगारी खुल्ला गर्नुपर्ने शर्त पनि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्