१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एकैदिन थपिए हालसम्मकै उच्च ३४३९ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो


0
Shares

काठमाडौं, असोज २१ । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

बुधबार एकैदिन ३४३९ जनामा कोरोना संक्रमण भएको छ । एकैदिन संक्रमित हुनेको संख्या हालसम्मकै उच्च हो ।

योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ९४ हजार २५३ पुगेको छ ।

बुधबार ११२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल संक्रिय संक्रमितको संख्या २५००७ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ जना संक्रमित भएका छन् ।

काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित थपिएका छन् ।