१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३५ लाखको हरियो मटर नियन्त्रणमा


0
Shares

नवलपरासी, असोन २१ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ३५ लाखको हरियो मटरसहित ९ वटा सवारीसाधन पक्राउ गरेको छ ।

भैरहवाबाट परासी ल्याउँदै गरेको अवस्थामा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १ ट्रक र ८ वटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको हो ।

बरामद भएको ४ सय ३५ क्विटल मटरको मूल्य ३४ लाख ८० हजार रहेको जिल्ला प्रहरी उपरीक्षक अजय केसीले जानकारी गराउनुभएको छ ।

जिल्ला सुरक्षा समितिले कोभिड–१९ संक्रमणको कारण देखाउँदै जिल्लामा ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएपनि कारोबारीहरुले भैरहवाबाट मटर ल्याएर सीमावर्ती नाकाबाट भारततर्फ पठाउने गरेको खुलेको छ ।

प्रहरीले ५ महिनाको अवधिमा २ करोड बराबरको मटर बरामद गरेर महेशपुर भन्सार कार्यालय पठाइएको जनाएको छ ।